सम्मानको बदला बदनाम गरेपछि चित्त दुखाए ‘साठीघरे’ले

पाेखरा | माघ २२, २०७९

सम्मानको बदला बदनाम गरेपछि चित्त दुखाए ‘साठीघरे’ले

वि. सं. १८७७ ताका लोकले पुजेका पण्डित थिए रत्नाखर पराजुली । त्यसबखत कास्की (कास्कीकोट)का शाह वंशीय राजाको मुलपुरोहित रहेका रत्नाखरलाई दिइएको बिर्तामध्येको एउटा हिस्सा हो, पृथ्वीनारायण क्याम्पसको पूर्वी भागमा रहेको कित्ता नम्बर ८३३ । 

 

करिब २ सय २२ रोपनी क्षेत्रफल चर्चेको जमिनमा समेटिने गरी संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले वडा नम्बर १ र ११ जोड्न पुल बनाउने कार्य अघि बढाउन लाग्दा विवादित बनेको छ । 

 

क्याम्पसले पुल शिलान्यास गर्ने खबर सुनेपछि उक्त कार्य रोकेको छ । र, सँगै पत्रकार सम्मेलन गरी ‘भू–माफिया’को चलखेल भनेपछि उनै रत्नाखरका खलकले चित्त दुखाएका छन् । 

 

पोखरामा ‘साठीघरे पराजुली’का नामले चिनिने खलकलाई समेट्ने पराजुली समाज पोखराका अध्यक्ष विश्वगोपाल पराजुली भन्छन् ‘पृथ्वीनारायण क्याम्पसले हामी साठीघरेलाई सम्मान गर्नुपर्ने हो, तर उल्टो बदनाम पो ग¥यो ।’

 

क्याम्पसलाई पनि आफ्नो जग्गा होइन भन्ने थाहा हुँदाहुँदै पत्रकार सम्मेलन गरेर पराजुली परिवारलाई उल्टो भू–माफिया भनेकोमा साठिघरेको चित्त दुखाई छ । ‘शायद, संघीय सरकारले पोखराको पूर्वी र उत्तरी भागलाई बजारमा जोड्न सजिलो हुने ठानेर त्यहाँ पुल बनाउन खोजेको होला’ विश्वगोपाल भन्छन् ‘तर हामीले पुल बनाउन लागेझैं गरेर क्याम्पस हामीमाथि खनियो ।’

 

उक्त कित्तामा छोएर निर्माण हुन लागेको पुलले पक्कै आवागमनमा सघाउ पुग्ला तर यसमा साठीघरेलाई दोष देखाएर क्याम्पस प्रमुखले दायित्व पुरा गरेको आभाष भएको छ साठीघरेलाई । 
 

 

जिजुबाजेले पाएको बिर्तामै अहिलेको क्याम्पस रहेको र हालको कित्तामा साठीघरेको कूल पूजा हुने मन्दिरसमेत रहेको विश्वगोपालले जनाए । त्यहाँ वर्षेनी कूलायन पूजा गरिँदै आइएको खबर क्याम्पसलाई थाहा हुँदाहुँदै पनि पछिल्लो रवैया स्वीकार्न असहज भएको पराजुली समाजको धारणा छ ।

 

‘हामीले उक्त भू–भाग हाम्रै हुनुपर्छ, हामी नै भोगचलन गर्छाै पनि भनेका छैनौं’ उनी भन्छन् ‘यद्यपि, हामीहरु सोह्रै आना मर्कामा पर्न पनि चाहँदैनौ ।’

 

रत्नाखरका खलक विभिन्न पेशा, व्यवसायमा रहेका र कमाएर खान सक्ने हैसियतमै रहेपनि केही परिवारको स्थिति अत्यन्त नाजुक रहेको र बस्ने थलोसमेत नभएको जनाउँदै उनले त्यस्ता परिवारलाई भने व्यवस्थापन गर्ने समाजको दायित्व भएको उल्लेख गरे । 

 

‘जे भएपनि, हामीमाथि शंका, उपशंका गर्दै आक्षेप लगाउने काम भयो, पराजुली परिवारले कसैको केही बिगार गरेको छैन, हामीलाई मिडियाबाजी मन पर्दैन’ विश्वगोपालको सटिक भनाई छ ।  


 

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।    युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएक...

थप पढ्नुहोस्

पोखरा ।    विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ ।   पोखरा रंगशालाको भलिबल कोर्टमा भ...

थप पढ्नुहोस्

सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

थप पढ्नुहोस्